कान्तिपुर फार्मास्युटिकल्स ल्याब लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्बन्धी सूचना

कान्तिपुर फार्मास्युटिकल्स ल्याब लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्बन्धी सूचना

कान्तिपुर फार्मास्युटिकल्स ल्याब लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्बन्धी सूचना
admin
07 July, 2026

ललितपुरस्थित कान्तिपुर फार्मास्युटिकल्स ल्याब लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार उक्त सभा आगामी पौष १ गते सम्पन्न हुने जानकारी गराइएको छ।

सभा दिउँसो २:३० बजे धुलिखेलस्थित होटल सारथीमा आयोजना गरिनेछ। उक्त सभामा कम्पनीका शेयरधनीहरुलाई उपस्थित भई महत्वपूर्ण निर्णय प्रक्रियामा सहभागी हुन अनुरोध गरिएको छ।

सभामा प्रस्तुत गरिने एजेण्डाअन्तर्गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने लगायतका सामान्य प्रस्तावहरु समावेश छन्।

त्यसैगरी, विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि खर्च अनुमोदन गर्ने लगायतका विषयहरुमा पनि छलफल तथा निर्णय गरिनेछ।

कम्पनीले सम्पूर्ण शेयरधनीहरुलाई सभामा उपस्थित भई आफ्नो महत्वपूर्ण सुझाव र सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ।

SHARE THIS: